शीर्ष नेताहरुद्धारा सहमतिमा जोड

काठमाडौं, १ मंसिर । प्रमुख दलका शीर्ष नेताहरुले मुलुकलाई राजनीतिक निकास दिन सहमतिको खाँचो औल्याएका छन् ।
एमाओवादीले आज काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा उनीहरुले छिटो राजनीतिक सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने जनाए । उनीहरुले सहमतिका लागि लचक हुन पनि एकअर्कालाई सुझाव दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई वर्तमान अवस्था सम्म ल्याउने कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको अभाव खड्किएको बताए । उनले सबैले मिलेर सहमति र विस्तृत शान्ति सम्झौताको पालना गर्नुपर्ने बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि मुलुकलाई निकास दिन सहमति अनिर्वाय रहेको बताए । उनले दलहरुले आआफ्ना अडान त्यागरेर मुलुकलाई निकास दिनुपर्ने उल्लेख गरे ।
नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले राजनीतिक समस्या जटिल बन्दै गएको बताए । उनले सहमतिका साथ मुलुकलाई नयाँ संविधान दिनु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया