मेलामा दुई जनालाई छुरी प्रहार

पाँचथर, १ मंसिर । पाँचथरको चोकमागु–३, तीनमौलेमा लागेको तिहारको मेला भर्न आएका युवाबीच विवाद हुँदा दुई युवक घाईते भएका छन् ।
छुरा प्रहारबाट १९ वर्षीय सन्दिप तुम्बापो र १६ वर्षीय मिलन तुम्बापो घाईते भएका हुन् । छाती र पेटमा छुरी लागेका उनीहरुको जिल्ला अस्पताल फिदिममा उपचार हुन नसकेपछि धरानको घोपा पठाइएको छ ।
सन्दिपको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार मध्यराति छुरी प्रहार भएको स्थानीय भरत तुम्बापोले बताए ।
चिलिङ्देन–३ देखि मेलामा आएका रमेश राई, सुशील राई, पवन राई, केवल राई, राजकुमार राई र भोटे लिम्बूको समूहले उनीहरु माथि छुरी प्रहार गरेको प्रहरीलले जनाएको छ ।
होटलमा खाजा खाएपछि पैसा नतिर्न खोज्दा दुई पक्षबीच विदाद भएको थियो ।

प्रतिक्रिया