राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

काठमाडौं, ३० कात्तिक । राष्ट्रपति डा.रामवरण यादवले तिहारका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
डा.यादवले शुभकामना सन्देस जारी गरेर सबै नेपालीमा शान्ति, सद्भाव र भाईचाराको निम्ती कामना गरेका हुन् ।
त्यसै गरी, कांग्रेस सभापति सुशील कोइरालाले पनि भाइटीकाको पवित्र र सांस्कृतिक पर्वको सुखद उपलक्ष्यमा शुभ–कामना व्यक्त गरेका छन् ।
उनले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व, एवं विभिन्न संस्कृति भएको देश भन्दै एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने आफ्नै अति प्राचीन र विशिष्ट परम्परा रहेको जनाएका छन् ।
उनले यस्तै सांस्कृतिक चाडपर्वले हामी सबैलाई पारस्परिक सहयोग र सद्भावका साथ राष्ट्रको मूल प्रवाहमा आवद्ध गराएको छ पनि भनेका छन् ।

प्रतिक्रिया