काठमाडौं, ३० कात्तिक । यमपञ्चकको अन्तिम दिन आज भाई टीका लगाईदैछ ।
विहान ११ बजेर २३ मिनटको साईतबाट भाई टीका लगाउन शुरु गरिएको हो । सो समयमा टीका लगाउन उत्तम रहेको पञ्चाङग निर्णायक समितिले जनाएको छ । भाई टीका दिनै भरि लगाउन सकिने समितिको भनाई छ ।
दिदी, वहिनीले आफ्ना दाजु, भाईलाई सप्तरङगी टीका र माला लगाईदिएर दीर्घायूको कामना गर्छन् । उनीहरुले घरको ढोकामा तेलको धार दिनुका साथै ओखर फुटाने तथा दाजु भाईको कपाल र कानमा तेल पनि लगाई दिन्छन् ।
टीका लगाएर सयपत्री र कहिल्य नओईलाउने मखमली फूलको माला लगाई दिएर रोटीलगायतका मसला दिए पछि दाजु, भाईले गच्छे अनुसार दक्षिणा दिने परम्परा छ ।
टीका लगाएर खानपिन पछि समूह बनाएर माला लगाई देउसी भैलो खेल्ने परम्परा पनि छ ।
प्रतिक्रिया