काठमाडौं, २९ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दलितका लागि आरक्षणको व्यवस्था गरिए पनि उनीहरूको उत्थान हुन नसकेको बताएका छन् ।
सिर्जनशील युवा समूह जोरपार्टीले आज काठमाडौंमा आयोजना गरेको दीपावली विशेष साँस्कृतिक कार्यक्रममा विश्वकर्माले आरक्षण कोटामा दलितका उच्च वर्ग र केही गैर दलितका मानिसले समेत कब्जा जमाएको आरोप लगाए ।
उनले दलितका नाममा हुनेखानेले गरेको अतिक्रमणले दलितको अवस्था अझै नाजुक हुन पुगेको बताए ।
प्रतिक्रिया