एमाओवादी मुलुकमा मुठभेड चाहन्छ

काठमाडौं, २९ कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार मुलुकमा मुडभेड निम्त्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
डल्लुस्थित आफ्नै निवासमा आज देउसी भैंलोको आनन्द लिए पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले मुलुकमा मठभेडको अवस्था आए एमाओवादीले त्यसको मूल्य चुकाउनु पर्ने बताए ।
राजनीतिक निकासको बाधक एमाओवादी र मधेसी मोर्चा गठबन्धको सरकार रहेको बताएका खनालले सरकारको वहिर्गमन नहुँदा सम्म निकास नआउने बताए । उनले भने, ‘एकता र समृद्धि तर्फ मुलुकलाई अघि बढाउन सरकारको बहिर्गमन अनिर्वाय छ ।’
दीपावलीले एमाओवादीलाई सहि विचार आउनेमा आफू आशावादी रहेको बताएका अध्यक्ष खनालले निकासका लागि सबै दल गम्भीर हुनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बजेट ल्याउने कुनै अधिकार नरहेको उनको भनाई थियो ।
अध्यक्ष खनालले एमाले र कांग्रेसलाई कुर्सी प्यारो भएको भन्ने आरोपको खण्डन पनि गरेका छन् । उनले भने, ‘कांग्रेस र एमाले कुर्सीका लागि होइन सहमतिको सरकार, निर्वाचन र संविधान बनाउन सक्रिय भएका छन् ।’

प्रतिक्रिया