बजेट अध्यादेश जारी हुँदैनः उपराष्ट्रपति

काठमाडौं, २८ कात्तिक । उपराष्ट्रपति परमानन्द झाले दलहरु बीचको सहमतिविना राष्ट्रपति डा.रामवरण यादवले पूर्ण बजेट सम्बन्धी अध्यादेश जारी नगर्ने बताएका छन् ।
काठमाडौंस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले विगतमा अध्यादेशहरु जारी भए पनि यस पटक सहमतिमै बजेट आउने पर्ने बताए । ‘यथास्थितिमा बजेट अध्यादेश जारी हुँदैन,’ उनले भने, ‘सहमतिमा पूर्ण बजेट आउन नसके एकतृतियांश बजेट ल्याउनु पर्छ ।’
बाबुराम भट्टराई नेतृत्वको सरकार मिसावटको संज्ञा दिएका उपराष्ट्रपति झाले भने, ‘राष्ट्रपति मात्रै शुद्ध छन् ।’ उनले म मात्रै संबैधानिक र अरु खराव भन्ने प्रधानमन्त्रीको सोंच पूर्ण रुपमा गलत भएको टिप्पणी गरे ।

प्रतिक्रिया