खेल-खेलाडी

पौडी टोली दुबई जाने

सौर्य अनलाइन २०६९ कार्तिक २८ गते ०:१९ मा प्रकाशित

काठमाडौं : युएईको दुबईमा १५ देखि १९ नोभेम्बरसम्म आयोजना हुने ‘नवौँै एसियन पौडी प्रतियोगिता–२०१२’ मा प्रतिस्पर्धा गर्न जाने ४ खेलाडीसहित ८ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले सोमबार बिदाइ गरे । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूमा शिरीष गुरुङ, मिराज प्रजापति, श्रेया धिताल र अदिति धिताल छन् । खेल प्रशिक्षकमा रविनकुमार पौडेल र व्यवस्थापकमा नजिरउद्दिन मुस्लिम छन् । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय