त्रिभुवन विमानस्थलमा नयाँ प्रविधि

काठमाडौं, २८ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक सर्भिस मेसेज ह्यान्डलिङ सिस्टम (एएमएचएस) प्रणाली सुरु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ सिस्टम जडान गरेको हो ।
आइकाओले तोकेको समय सीमा भित्रै एएमएचएस जडान गरिएको प्राधिकरणले बताएको छ । आइकाओबाट निर्देशित ‘न्यु ङ्खलाइट प्लान फम्र्याट ०१२’ अनुसार एसिया प्रशान्त क्षेत्रमा यो सिस्टम लागू गर्न नोभेम्बर १२ सम्मको समय सीमा तोकिएको थियो । विश्वभरको हवाई तथ्यांक सहज रूपमा आदानप्रदान गर्न आइकाओले ‘न्यु ङ्खलाइट प्लान फम्र्याटअनुसार एएमएचएस प्रणालीलाई उड्डयन क्षेत्रको इन्टरनेट सेवाका रूपमा संसारभर लागू गरेको हो ।
नयाँ प्रणालीको जडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वभर सञ्चालित अन्य विमानस्थलमा हुने हवाई गतिविधिसँग जोडिनेछ । यो प्रणालीबाट एयर ट्राफिक कन्ट्रोलर (एटिसी) हरूको कार्य बोझ उल्लेखनीय रूपमा घट्ने बताइएको छ । एएमएचएस प्रोजेक्टका संयोजक संजीव सिंह कठायतका अनुसार यसबाट एटिसीले एक्टिभ ङ्खलाइट डाटा रिपोर्ट अनलाइनमै हेर्न सक्नेछन् । त्यस्तै विगतमा हातले स्लिप लेख्नु पर्ने झन्झटिलो बोझ पनि घटेको छ । विमान कम्पनीले समेत एएमएचएस सेवा लिन सक्ने भएकाले कम्पनीले कार्यालयबाटै ङ्खलाइट प्लान विमानस्थललाई पठाउन सक्ने कठायतले जानकारी दिए ।
नयाँ प्रणालीको जडानपछि नागरिक उड्डयन प्राधिकरणअन्र्तगत रहेका सुरक्षा, तालिम, त्रिभुवन विमानस्थ ललगायत कार्यालय आन्तरिक कम्युनिकेसन गर्न सक्ने भएका छन् । आन्तरिक विमानस्थललाई यो सञ्जालमा ल्याउन पहिलो चरणमा चन्द्रगढी, विराटनगर, जनकपुर, लुक्ला, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी गरी १० वटा विमानस्थलमा सेवा विस्तार गर्न लागिएको प्राधिकरणले बताएको छ । आन्तरिक विमानस्थलमा सो प्रविधि सञ्चालनमा आएपछि हाल सञ्चारका लागि प्रयोग गरिएको एचएफ रेडियो भ्वाइस कम्युनिकेसन विस्थापित भई आन्तरिक विमानस्थलले एक अर्काका डाटासमेत आदान–प्रदान गर्न सक्ने छन् । एचएफ रेडियो कम्युनिकेसनमा स्पष्ट सुन्न नसकिने, दोहोर्‍याएर बोल्नु पर्नेलगायतका समस्या रहँदै आएका छन् ।
सोमबार एएमएचएस प्रविधिको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले नयाँ प्रविधिको जडान आवश्यक भएको बताउँदै यस्ता कार्यका लागि सरकार निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाए । चार वर्षको निरन्तर प्रयासपछि सञ्चालनमा आएको एएमएचएस प्रविधि जडान हुनु प्राधिकरणका लागि ठूलो सफलता भएको प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले बताए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले विगत दश वर्षमा विमान चाप ६० प्रतिशत र यात्रु चाप एक सय ४० प्रतिशतले वृद्धि भए पनि भौतिक पूर्वाधारमा सुधार गर्न नसकेको बताए । एएमएचएस प्रविधिको सुरुवातले नेपाली उड्डयन क्षेत्रका लागि निकै हौसला प्रदान गरेको उनले दाबी गरे । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले नयाँ प्रविधिको दीर्घकालीन उपभोगका लागि नियमित सुरक्षा तथा मेन्टिनेन्स गर्दै जानुपर्ने बताए ।
आइकाओको एसिया प्रशान्त क्षेत्रीय एयर नेभिगेसन प्लान तथा एएमएचएस ट्रान्जिसन स्ट्राटेजी अनुरूप प्राधिकरणले चार वर्षअघि न्युजिल्यान्डको परामर्शदाता नियुक्त गरी डिजाइन तयार पारेको थियो । सोहीअनुरूप सन् २००८ मा ग्लोबल टेन्डर आह्वकान गर्दा प्रतिस्पर्धाबाट जर्मनको कमसङ्खट जिएमबिएच कम्पनीबाट सो प्रविधि खरिद गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बर्सेनि ४३ लाख व्यक्तिले हवाई सेवा प्राप्त गरिरहेका छन् भने अहिले वार्षिक यो विमानस्थलमा एक लाख दुई हजार हवाई उडान हुँदै आएका छन् । विमानस्थलमा दैनिक १८ घन्टासम्म सञ्चालन रहने र औसत प्रतिडेढ मिनेटमा एउटा उडान हुने गर्दछ ।

प्रतिक्रिया