काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि अघिल्लो साता भारतको मेदान्थ अस्पतालमा भर्ना गरिएका एमाले नेता केपी शर्मा ओली डिस्चार्ज भएका छन् । नेता ओलीको स्वाथ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज भएका हुन् ।
निमोनियाले थलिएपछि ओलीलाई गत साता एयर एम्बुलेन्सबाट दिल्ली नजिकको गुडगाउँको अस्पताल पुर्याइएको थियो । आइसियुमा राखी उपचार गराइएका ओलीको स्वास्थ्यमा शनिबारदेखि सुधार आएको थियो । उनलाई शनिबारै सामान्य वार्डमा सारिएको थियो । उनको पारिवारिक स्रोतका अनुसार स्वास्थ्यको अनुगमन तथा नियमित जाँचका लागि उनी अझै दुई साता दिल्ली नै रहनेछन् । नियमति जाँचमा सजिलो होस् भनेर उनलाई दिल्लीस्थित साथीकै घरमा राखिने उनको पारिवारिक स्रोतले जनाएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई केही दिन काठमाडौंको नर्भिक अस्पतालमै राखिएको थियो । (सौस)
प्रतिक्रिया