राजविराज, २८ कात्तिक । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का कार्यवाहक अध्यक्ष नन्दनकुमार दत्तले नेपाली कांग्रेस र नेकपा (एमाले) द्वारा सरकारको विरोधमा घोषित आन्दोलन मधेसी जनताको चासोको विषय नभएको बताएका छन् । सरकारको विरोधमा घोषित आन्दोलनको लक्ष्य उनीहरूको कुर्सी र सत्ताप्राप्तिका लागि मात्र भएको जिकिर गर्दै आन्दोलनप्रति पार्टीले चासो नदिएको उनको भनाइ छ ।
दीपावली तथा छठपर्वका अवसरमा पार्टीले सोमबार राजविराजमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दत्तले आन्दोलनका उद्देश्यमा मधेसको अधिकार नसमेटिएपछि आफूले त्यसलाई वास्ता नगरेको बताए । ‘एउटा पार्टीलाई सरकारबाट गलहत्याएर अर्कोलाई कुर्सीमा बसाउनका लागि मात्र अब मधेसी जनता बलि चढ्दैनन्,’ उनले भने । आन्दोलन मधेसी जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेभैँm भएको उनको तर्क छ ।
आङ्खनो शुभकामना मन्तव्यको अधिकांश समय सरकारका सञ्चारमन्त्री तथा प्रवक्ता राजकिशोर यादवविरुद्धमा खर्चेका दत्तले राज्यकै कारण आङ्खनो पार्टी फुटेको आरोप लगाए । पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि पार्टीका निमित्त अध्यक्ष बनेका यादवले सरकारमा पुगेपछि पार्टी भुलेको बताए । औकातभन्दा बढी भएर यादवलाई पार्टीको जिम्मेवारी अपच भएको दत्तले जिकिर गरे । ‘कुर्सी पाएपछि यादवले पार्टी भुले,’ यादवले भने, ‘हामीले उनलाई सरकारबाट फिर्ता पठाउन माग गर्र्यौं तर राज्यले त्यसो गरेन जसका कारण हाम्रो पार्टी फुटयो ।’
यसैगरी देशलाई वर्तमान संक्रमणकालमा पुर्याउन एमाओवादी, कांग्रेस र एमाले जिम्मेवार भएको दाबी गरेका दत्तले त्यसमा पनि कांग्रेस र एमाले अझ बढी दोषी रहेको बताए ।
प्रतिक्रिया