काठमाडौं, २७ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादीले सहमतिका नाममा सत्ता लम्बाईरहेको आरोप दोहराएका छन् ।
नेपाल तामाङ संघले आज काठमाडौंमा गरेको चियापान कार्यक्रममा कोइरालाले सहमतिको झुटो प्रचार गर्दै एकीकृत माओवादीले सत्ता लम्बाईरहेको बताए । उनले एकीकृत माओवादीले सर्बसत्ताबाद लाद्न खोजेको भन्दै त्यसलाई आन्दोलनबाट नै प्रयास्त गर्ने दावी गरे ।
शान्ति र लोकतन्त्रका लागि कांग्रेसले कसैसंग सम्झौता नगर्ने उनको भनाइ थियो ।
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले सत्ता लम्वाउन मुलुकलाई दाउमा राखेको आरोप लगाए । आफूहरुले घोषणा गरेको आन्दोलनले एकीकृत माओवादीलाई सहमतिमा ल्याउने दाबी समेत उनको थियो ।
प्रतिक्रिया