बझाङमा भूकम्प जाँदा स्थानीय त्रसित

काठमाडौं, २७ कात्तिक । बझाङ जिल्लाको सदरमुकाम चैनपुरलाई केन्द विन्दु बनाएर आइतबार मध्यराति भूकम्प गएको छ ।
मध्यराति १२ बजेर २४ मिनटमा चैनपुरको दक्षिणी भेगमा पाँच दसमलव ६ रेक्टर स्केल (लोकल म्याग्न्यूच्यूड) बराबरको भूकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्पपन केन्द्रका नापी अधिकृत डिल्लीराम तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार सो भूकम्पले गाउँका केही घरहरु चर्किन सक्ने बताए । भूकम्पका कारण तीस सेकेण्डसम्म धक्का महसुस भएको थियो ।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले भूकम्पबाट क्षति भएको विवरण वा जानकारी हालसम्म आफू समक्ष नआएको बताए ।

प्रतिक्रिया