‘सहकारीमा नियमनकारी निकाय कमजोर छ’

चिसापानी–५ रामेछाप स्थायी घर भएका श्रेष्ठ जुन सपना देखेर काठमाडौं आइपुगेका थिए तर उनको सपना पूरा हुन सकेन । एसएलसीमा प्रथम डिभिजन पास गरेका उनको इन्जिनियर पढ्ने सपना आर्थिक अभावका कारण सपनामै सीमित हुन पुग्यो । इन्जिनियरिङमा नाम निकालेर पनि उनी पढ्न पाएनन् । उनले काठमाडौंका एक मेसिनरी पसलमा १५ सयमा जागिर खाादै अन्य विषय अध्ययन गरे । साहुकामा केही वर्ष काम गरेपछि उनले आफौ केही गरौा भनेर व्यवसायमा हात हाले र मेसिनरी व्यवसाय सुरु गरे । अहिले व्यवसायमा पूर्ण सन्तुष्टिसमेत पाएका छन् उनले । त्यस्तै कामकै क्रममा ०६७ सालमा आएर सहकारी व्यवसायमा पनि आफूलाई सहभागी गराए । राष्ट्रलाई आर्थिक रूपमा आत्मनिर्भर र समृद्धिको अभियान अघि बढाउनका लागि सहकारी नै अचुक विकल्प रहेको अनुभूतिसागै सहकारीतर्फ आकर्षित भएका श्रेष्ठसाग सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी :
तपाईंको सहकारीबारे बताइदिनुहुन्छ कि ?
समाजमा भएको अनियन्त्रित पुँजी संकलन गरी उचित प्रतिफलका साथै सदस्यहरूको आर्थिक तथा सामाजिक रूपले प्रवद्र्धनमा सहयोग पुर्‍याउनका लागि ०६७ सालमा यस सहकारी स्थापना गरेका हौँ । समुदायमा आधारित र सदस्यकेन्द्रित भई सहकारी सिद्धान्त र मूल्यमान्यता पालना गर्दै अघि बढिरहेको छ । सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा, सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ, कारोबार र सदस्य विस्तार, पारदर्शिता, मितव्ययिता र विकासका लागि रहेका छौँ ।
सहकारीमा किन लाग्नुभयो ?
हाम्रोजस्तो राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक परिवेशमा राष्ट्रिय आत्मनिर्भरता र समृद्धिको अभियान अघि बढाउनका लागि सहकारी नै अचुक विकल्प रहेकाले यसतर्फ आकर्षित भएको हुँ । सहकारीबाट देशको आर्थिक विकास सम्भव छ भने गरिबी निवारणमा ठूलो टेवा मिलेको छ । समग्रमा भन्नुपर्दा सहकारीको भविष्य राम्रो पनि रहेकाले त्यसतर्फ आकर्षित भएको पनि हुँ ।
सहकारीबाट आर्थिक विकास सम्भव छ ?
सहकारीबाट देशको आर्थिक विकासका सम्भावना प्रशस्त छन् । स्थानीय स्रोत–साधनको उचित परिचालन गरी कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय, कृषि, शैक्षिक, साना जलविद्युत् आयोजना लगायतविभिन्न कार्य गर्न सकिन्छन् । जसका लागि राज्यतर्फबाट स्पष्ट नीति तय गर्नुपर्छ । विदेश पलायन भएका युवालाई रोजगारका स्वदेशमै प्रदान गर्न सकिन्छ । देशको सर्वाङ्गीण विकासमा सहकारीले अहम् भूमिका निर्वाह गर्नसक्ने प्रशस्त संभावना रहेकाले सरकार र सहकारी मिलेर जान सके देश आर्थिक विकासमा सफल हुन्छ ।
सहकारी संख्यात्मक रूपमा वृद्धि भयो नि ?
सहकारी धेरै संख्यामा स्थापना हुनुलाई म सकारात्मक रूपमै लिन्छु । विकृति/विसंगतिलाई निरुत्साहित गर्दै स्वच्छ, स्वतन्त्र र इमान्दारीपूर्वक सहकारीहरू सञ्चालित भएमा संख्यात्मक वृद्धिले केही असर नपार्ला । सहर बजारमा आवश्यकभन्दा बढी भएको हो कि भन्ने महसुस भएको छ । अब सहकारीलाई मर्जरतर्फ आर्कर्षित गराउनु पर्छ । यसमा विभिन्न संघले जोड दिएमा सम्भव छ । सहकारीलाई मर्यादित र इमान्दारी पेसाका रूपमा सञ्चालन गर्नु पर्छ ।
सहकारी किन भाग्छन् ?
सहकारी संस्था भाग्नुमा नियमनकारी निकायको कमजोरी हो । विशेषगरी खराब नियत राखी स्थापना गर्नेहरू मात्र सदस्यहरूको रकम कुम्ल्याएर भाग्ने गरेका छन् । सहकारीलाई निजी व्यवसाय बनाउनेहरूमा यस्तो नियत हुन्छ । बचत तथा ऋण सहकारीमा पनि सहर केन्द्रित सहकारीमा यस्तो समस्या देखिएको छ । यसलाई बेलैमा नियन्त्रण गर्नेतर्फ नियमनकारी निकाय लाग्नु पर्छ । नियमनकारी निकायले समय/समयमा अनुगमन गरी कारबाही गर्नु पर्छ । सहकारीमा आबद्ध हुनुपहिले नै संस्थाको सञ्चालक समितिबारे राम्रो संघ बुझ्नु पर्छ । बढी ब्याज दियो भन्दैमा सदस्य बन्ने गर्नाले उनीहरू डुब्ने गरेका उदाहरण छन् । सहकारी ऐन, मापदण्डअनुरूप सञ्चालन नभएका सहकारीलाई कारबाही गर्ने हो भने यस्तो क्रम रोकिनेमा दुई मत छैन ।
सहकारी मापदण्ड अनुरूप किन छैन ?
सहकारी विभागले मापदण्ड जारी गर्‍यो तर कार्यान्वयन गर्न सकेको छैन । यसमा सरकारी निकायकै कमजोरी हो । सहकारी मापदण्ड अनुरूप सञ्चालन भए नभएको बेलाबेलामा अनुगमन गर्नु पर्छ । तर अनुगमन भएको छैन । गल्ती गर्ने सहकारीले प्राय: छुट पाएको पनि देखिन्छ, जसले सहकारीमा समस्या र जोखिम बढेको महसुस भएको छ । मापदण्डअनुसार दर्ता, कार्यक्षेत्र, सदस्यलाई सुविधा काउन्टरलगायत कार्यान्वयन भएका छन् तर अन्य भने विषय भने कार्यान्वयन भएका छैनन् । यदि मापदण्डअनुरूप सहकारी सञ्चालन हुने हो भने सहकारीमा कुनै पनि समस्या र जोखिम हुने छैन ।
संस्थाको भावी कार्यक्रम के छ ?
सदस्यहरूको चाहना र आवश्यकतालाई दृष्टिगत गरी संस्थालाई अघि बढाउने छाँै । बचत तथा ऋणको कारोबार गर्ने संस्था भएकाले खासै भावी कार्यक्रम तय गरेका छौनौँ । सेयर पुँजी, सदस्यता विस्तार, लगानी प्रवद्र्धन गर्दै लैजाने छौँ । सदस्यलाई सहज, सरल ढंगबाट सेवा दिनेमा हामी प्रतिबद्ध छौँ ।
अन्त्यमा केही भन्नु ?
यस संस्थाका सदस्यहरूलाई के भन्न चाहन्छु भने तपार्इंहरूले जम्मा गरेको पैसा एकदम सुरक्षित हुनेछ । यसमा कुनै शंका नगर्न अनुरोध गर्दछु । आगामी दिनमा अझ बढी सेवा/सुविधा दिनेछौँ । लगानी गर्दा ढुक्क भएर लगानी गर्नुस् ।

प्रतिक्रिया