काठमाडौं : नेपाल पब्लिक क्याम्पस संघमा प्रगतिशील प्यानलको वर्चस्व कायम भएको छ । डा. ईश्वर गौतमको अध्यक्षतामा प्रगतिशील वर्चस्वसहित संघले ४३ सदस्यीय नयाँ नेतृत्व पाएको छ ।
संघको नवाँ अधिवेशनअन्तर्गत शनिबार भएको चुनावमा प्रगतिशील प्यानलका गौतमले अध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलका माइकल रामचन्द्र अर्याललाई १ सय ५९ मतले पछि पार्दै बाजी मारेका हुन् । गौतमले ४ सय १२ र अर्यालले २ मत ५३ मत पाएका थिए । यसैगरी, उपाध्यक्षमा सञ्चालक समितिका अध्यक्षबाट चित्रलाल शेरचन, प्राध्यापकबाट धनलाल महर्जन र मोहन खतिवडा, महासचिवमा दिलीप देवकोटा, सचिवमा कुम्भराई बडुवाल र कोषाध्यक्षमा शिवराज सन्जेल विजयी भएका छन् ।
संघको चुनावमा ६ अञ्चल संयोजकबाहेक सबै प्रगतिशील प्यानलका उम्मेदवार विजयी भएका छन् । (सौस)
प्रतिक्रिया