मतदाता घरदैलो अभियान सुरु

कञ्चनपुर : मतदाता नामावलीमा नाम छुट भएका व्यक्तिलाई फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराउन सचेतना बाँड्नका लागि कञ्चनपुरमा घरदैलो अभियान सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय र मुक्तकमैया समाजको संयुक्त पहलमा सचेतनामूलक घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
मतदाता नामावलीमा नाम समावेश हुनबाट वञ्चित रहेका, विदेशमा रहेका र तिहारका लागि घर फिर्ता भएका व्यक्तिलाई लक्षित गरी मताधिकारबारे सचेत पार्दै मतदाता नामावलीमा नाम समावेश गराउन सचेतनामूलक कार्यक्रम सुरु गरिएको मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए । उनका अनुसार मुक्तकमैयाका १५ प्रतिशतभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश नगराइएको पाइएको छ । (सौस)

प्रतिक्रिया