सोलुखुम्बु, २६ कात्तिक । सोलुखुम्बुको आमालाप्चा जाने क्रममा एक भरियाको लेक लागेर मृत्यु भएको छ ।
थामसेर्कु ट्रेकमार्फत भारी बोकेर गएका छेस्काम–४ का ४१ वर्षीय मेखराज कुलुङको मृत्यु भएको हो ।
आमालाप्चातर्फ जाने क्रममा सेतीपोखरीमा पुग्दा उचाइका कारण स्वास्थ्य समस्या भएपछि राईलाई खोङमादिङ फर्काइएको हो । खोङमादिङमा नै राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव पोष्टमार्टमका लागि हलिकोप्टरबाट सदरमुकाम सल्लेरी ल्याइएको छ ।
प्रतिक्रिया