वाईसियलका सह–संयोजकलाई गोली प्रहार

सिरहा, २६ कात्तिक । नेकपा–माओवादी निकट वाईसियलका सिराहा जिल्लाका सह–संयोजक श्रवण यादवलाई गोली प्रहार भएको छ ।
यादवलाई आज विहान ११ बजे कैलाश ठाकुरले मिर्चैयामा गोली प्रहार गरेर हत्याको प्रयास गरेका हुन् । ठाकुरले प्रहार गरेको तीन राउण्ड गोली नलागे पछि सह–संयोजक यादव शकुसल रहेका छन् ।
मिर्चेया–३ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा वाइसियलका सह–संयोजक ३० बर्षीय यादवलाई ३ राउण्ड गोली प्रहार भएको थियो ।
मिर्चैया–३ निवासी १९ वर्षीय ठाकुरलाई प्रहरीले जिवा गाँउबाट हतियार र गोली सहित पक्राउ गरेको जनाएको छ । मेड इन ईटाली लेखेको पेस्तोल १ थान, सोको गोली २ राउण्ड, म्याग्जीन १ थान, कटुवा पेस्तोल १ थान तथा सोको गोली १ राउण्ड पनि बरामद भएको छ ।
वाईसियलका सह–संयोजक यादवलाई गोली प्रहार गर्नुको कारण बारे प्रहरीले केही बताएको छैन ।

प्रतिक्रिया