रौतहट, २६ कात्तिक । रौतहटको विश्रामपुरमा वन रक्षक र तस्करहरुबीच आज बिहान गोली हानाहान भएको छ ।
सर्लाहीबाट आएका वन तस्करले विश्रामपुरको वृद्धावनबाट काठका गोलिया लैजाने क्रममा गोली हानाहान भएको फरेष्टर विमल चौधरीले जानकारी दिए । जंगलबाट टायरगाडामा काठ लैजान लागेका समयमा फरेष्टर चौधरी नेतृत्वको टोलीले फयरिङ शुरु गरेको थियो । तस्करले समेत आफूहरुलाई फायरिङ गर्दै भागेको चौधरीको भनाई छ ।
तस्करलाई नियन्त्रणमा लिन वन गस्ती टोलीले २० राउण्ड गोली चलाएकोे छ । तस्करहरुले पनि १२ राउण्ड फायरिङ गरेका थिए ।
तस्करहरुलाई पछ्याउँदै जाँदा वन रक्षक टोलीले पौराईवाट तीन वटा टायरगाडामा एक सय पचास क्यूफिट बराबरका ६ थान सालको गोलिया वरामद गरेको छ ।
वन रक्षकहरुले गोली हान्न थालेपछि तस्करहरु गोरु लिएर सर्लाही तर्फ भागेका छन् । जिल्लामा सबै भन्दा वढि काठ तस्करी वृद्धावन रेञ्जपोष्टमा हुने गरेको छ । सो क्षेत्रमा तस्करहर हतियार सहित वन प्रवेश गर्ने गरेका छन् ।
केही दिन अघि मात्र पनि सो क्षेत्रमा वन रक्षक र तस्करहरबीच दोहोरो गोली हानहान भएको थियो ।
प्रतिक्रिया