‘२०४७ सालकै परिवर्तन रुचाए’

सिन्धुली, २५ कात्तिक । प्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्तिकारी परिवर्तनको मर्म नवुझेर कांग्रेस र एमालेले २०४७ सालकै परिवर्तनलाई रुचाएको आरोप लगाएका छन् ।

उनले भने, ‘देश २०४७ सालभन्दा धेरै अघि वढिसकेको छ ।’ उनले पुराना कुरालाई छाडेर परिवर्तन तर्फ लाग्न विपक्षी दल कांग्रेस र एमालेलाई सुझाव दिए ।
एमाओवादी जिल्ला समितिले आज सिन्धुलीको कपिलाकोट गाविसमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उनले कांग्रेस र एमालेले एमाओवादीले सेना र हतियारको व्यवस्थापन गर्ने वित्तिकै संविधान बन्छ भनेर चुड्की वजाउँदै डुक्रिएको समेत स्मरण गराए । उनले ती सवै काम एमाओवादीले पूरा गरिसक्दा समेत कांग्रेस र एमाले संविधान वनाउनतर्फ नलागेको आरोप लगाए ।
उनले क्रान्ति र परिवर्तनको अभियान अझै पूरा नभएको वताएका छन् । भट्टराईले क्रान्ति र संविधानको बाटो तय भएको तर पूरा भैनसकेको वताए । उनले त्यसका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।

प्रतिक्रिया