किसान स्मृतिग्रन्थ लोकार्पित

काठमाडौं : प्रगतिवाद र सामाजिक यथार्थवादी साहित्यका अग्रज जनकवि केवलपुरे किसानको पहिलो स्मृति दिवसका अवसरमा उनको बृहत् स्मृतिग्रन्थ लोकार्पित भएको छ । प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा कमलमणि दीक्षित, श्याम शर्मा, कमलराज रेग्मी, आनन्ददेव भट्ट, वैरागी काइँला, शान्ता श्रेष्ठ, रमा शर्मा र गंगाप्रसाद उप्रेतीले संयुक्त रूपमा स्मृतिग्रन्थको लोकार्पण गरे ।
स्वर्गीय किसानका छोरा र हाल हङकङवासी बनेका कमल पौडेलको सक्रियतामा हङकङमै स्थापित ‘केवलपुरे किसान पुस्तकालय’ को आयोजना र मोहन दुवालको सभापतित्वमा भएको कार्यक्रममा रामप्रसाद ज्ञवालीले स्व. किसानको व्यक्तित्व र कृतित्वबारे समीक्षात्मक टिप्पणी गरेका थिए । विभिन्न कविहरूले स्व.किसानप्रति समर्पित कविता वाचन गरेका गरेका थिए । (सौस)

प्रतिक्रिया