काठमाडौं, २३ कात्तिक । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले सहमति विना कुनै पनि हालतमा बजेट आउन नसक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘बजेट पास गराएर बाँदरलाई सीढी बनाईदिने काम गर्दैनौं ।’ राष्ट्रपतिमाथि आक्रमण गरेर सत्ता टिकाउन मुलुकको ध्यान अर्को तिर मोडने गरेको आरोप लगाउँदै उनले संक्रमणकाललाई अझै विगार्ने षडयन्त्रमा एमाओवादी लागेको आरोप लगाए ।
कांग्रेस नेता नारायण खड्काले राष्ट्रको ढुकुटीको साचो चलाउने अधिकार वर्तमान सरकारलाई नभएको बताए । आफैले घोषणा गरेको निर्वाचन गर्न नक्ने सरकार नैतिक रुपमा पतन भईसकेको बताए ।
नेकपा–माओवादीका सचिव देब गुरुङले मंसिर–७ गते पछि प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार अंबैधानिक हुने बताए । उनले भने, ‘अबैधानिक सरकारलाई पूर्ण बजेट ल्याउने हैसियत छैन ।’
एकीकृत माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले तिहार पछि मात्रै दलहरुका बीच सहमति हुने बताए । उनले भने, ‘दलहरुको अभिष्ट सरकारमा जानु भएकाले तत्काल बाबुराम भट्टराईले पद छाड्नु पर्ने कुनै कारण छैन ।’
प्रतिक्रिया