काठमाडौं, २२ कात्तिक । विपक्षी दल कांग्रेसले कात्तिक–२४ गते राजधानीमा बृहद शक्ति प्रर्दशनसहित अर्को जनआन्दोलनको घोषणा गर्ने जनाएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर कांग्रेसले सो जानकारी गराएको हो । कांग्रेसले स्वर्गीय नेता गणेशमान सिहको ९७ औं जन्म दिवसका अवसरमा कात्तिक–२४ गते काठमाडौंमा बृहद प्रर्दशनको तयारी समेत गरेको जनाएको छ ।
कात्तिक–२४ गतेको प्रर्दशनलाई प्रारम्भीक मात्रै रहेको भन्दै कांग्रेसले त्यसपछि निरन्त एमालेसहितका अन्य विपक्षी दलहरुसँग मिलेर प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदच्यूत नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया