इलाम, २२ कात्तिक । नेकपा–माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गरेर आज इलाम जिल्ला बन्द आह्वान गरेको छ ।
अनिश्चितकालीन जिल्ला बन्द भए पछि सयौं सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
पक्राउ परेका जिल्ला सहसेक्रेटरी नरेन्द्र जवेगु र पवन शंकरलाई रिहा गर्न नेकपा–माओवादीले माग गरेको छ । उसले आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाएको छ ।
बन्दका कारण झापा र पाँचथरतर्फ चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारी चल्न सकेका छैनन् ।
इलामको श्रीअन्तु–४ स्थित गणेश हिमाल चिया फ्याक्ट्रीको गोदाममा आगजनी गरेको अभियोगमा नेकपा–माओवादीका दुई कार्यकर्ता पक्राउ परेका हुन् ।
प्रतिक्रिया