ह्विलचेयर टोली सिओलतर्फ

काठमाडौं : दक्षिण कोरियाको सिओलमा हुने ह्विलचेयर रग्वी तालिममा सहभागी हुन दुई सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ९ देखि २० नोभेम्बरसम्म हुने उक्त तालिममा चूडामणि पौडेल र भरत कार्की सहभागी हुनेछन् । नेपाल पाराओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले मंगलबार बिदाइ गरे ।

फिफाले किट्स प्रदान गर्ने
काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई खेल सामग्री दिने भएको छ । सिनियर राष्ट्रिय टिम, उमेर समूहको राष्ट्रिय टिम तथा महिला टिमलाई आवश्यक पर्ने करिब ७५ हजार अमेरिकी डलर बराबरको खेल सामग्री फिफाले प्रदान गर्न लागेको एन्फाले जनाएको छ । सहयोग सामग्रीमा सेट, रातो र निलो गरी ५ सय जोर ट्रयाकसुट, २ सय ५० जोर सिनगाड, २ सय ५० जोर गोलकिपर पन्जा, ५० जोर फुटबल बुट, २ सय ५० जोर बिप्स, २ सय थान फुटबल ब्याग र एक हजार थान फुटबल रहेका छन् ।

क्योकुसिनका कुँवर जापान जाने
काठमाडौं : जापानको टोयामामा हुने तेस्रो विश्व क्योकुसिन कराते युनियन कप प्रतियोगितामा सहभागी हुन सालिकराम कुँवर बुधबार त्यसतर्फ प्रस्थान गर्दै छन् । ९ देखि १२ नोभेम्बरसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । नेपाल क्योकुसिन काइकान युनियनका अध्यक्ष एवं ब्रान्च चिफ कुँवरले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । प्रत्येक चार–चार वर्षमा हुने यस प्रतियोगिताको दोस्रो संस्करणमा पनि कुँवर निर्णायक थिए । सौस

प्रतिक्रिया