‘संविधानको रक्षा गर्न मात्रै भनेका हौं’

काठमाडौं, २१ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले विधि र विधानलाई नाघेर अघि बढेकाले राष्ट्रपतिलाई संविधानको रक्षा गर्न मात्रै आग्रह गरिएको बताएका छन् ।
राजधानीमा आज आयोजित चियापान कार्यक्रममा उनले एमाओवादीको लगत कार्यले गर्दा नै आफूहरुले राष्ट्रपतिलाई संविधानको संरक्षकको भूमिका गम्भीरतापूर्वक निभाउन अनुरोध गरेको बताए ।
‘लोकतन्त्रको रक्षाका लागि आन्दोलन जरुरी छ,’ उनले भने, ‘कांग्रेसले मात्रै मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।’
उनले अध्यादेशबाट आर्थिक एवं राजनीतिक निर्णय गर्नु प्रजातन्त्र विरोधि रहेको टिप्पणी गरे । ‘सहमतिबिना कुनै पनि निर्णय गर्ने अधिकार सरकारलाई छैन,’ उनले भने ।
उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र अझै सङ्कटमा रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संघर्ष अनिर्वाय भईसकेको बताए ।

प्रतिक्रिया