काठमाडौं, २१ कात्तिक । एमालेका केन्द्रीय सदस्य तथा पूर्व शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री डिल्ली महतको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
मनमोहन मेमोरियल अस्पताल काठमाडौंमा उपचार गराई रहेका केन्द्रीय सदस्य महतले मस्तिष्कघातको उपचार गराई रहेका छन् ।
‘केन्द्रीय सदस्य महतजीको अवस्था अत्यन्तै चिन्ताजनक छ,’ एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले भने, ‘उहाँलाई आइसीयुमा राखेर उपचार गरिएको छ ।’
एमालेले उनको र नेता केपी ओलीको उपचार खर्च संकलनका लागि सोमबार मात्रै सचिव विष्णु पौडेलको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । समितिका सदस्यमा प्रकाश ज्वाला, कृष्णगोपाल श्रेष्ठ, पर्शुराम मेघी गुरुङ, राजन भट्टराई रहेका थिए ।
प्रतिक्रिया