परिवर्तन संस्थागत हुन सकेनः राष्ट्रपति

लमजुङ, २० कात्तिक । राष्ट्रपति डा.रामवरण यादवले मुलुकमा पटक–पटक भएका परिवर्तनका उपलब्धी संस्थागत हुन नसकेको गुनासो गरेका छन् ।
लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माविको हीरक जयन्ती समारोहमा डा.यादवले भने, ‘२००७ साल २०४६ साल र २०६२–६३ को आन्दोलनबाट पटक–पटक राजनीतिक परिवर्तन भएपनि संस्थागत हुन सकेन ।’ परिवर्तनबाट भएका उपलब्धी संस्थागत हुन नसकेकै कारण मुलुकमा आर्थिक तथा सामाजिक विकासले गति लिन नसकेको उनको भनाई थियो ।
यसैवीच, डा.यादवले मुलुकले राजनीतिक संकटबाट छिट्टै निकास पाउने विश्वास गरेका छन् । उनले सहमतिका लागि पुनः दलहरुलाई आग्रह समेत गरे ।
‘संविधानसभाबाट देशको मूल कानून निर्माण गर्न दलहरु चुकेका छन्,’ उनले भने, ‘अब सहमति गरेर नयाँ निर्वाचन पछि संविधान निर्माणमा लाग्नु भन्दा अर्को विकल्प छैन ।’

प्रतिक्रिया