समलिंगी शाही र नेपालीसँगै बस्न पाउँने

काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले समलिंगी महिला रजनी शाहीका सम्बन्धमा परेको रिटमा उमेर पुगेका व्यक्ति आफूखुशी बस्न पाउने फैसला गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गिरिशचन्द्र लालको संयुक्त इजलासले समलिङ्गी भन्दैमा कसैलाई पनि बन्दी सरह राखन नपाईने आदेश सुनाएका हुन् । सर्वोच्चको सो फैसाला पछि समलिङद्वय शाही र उनकी साथ प्रेमकुमारी नेपालीलाई सँगै बस्न बाटो खुलेको छ ।
तेस्रो लिंगी शाहीले श्रीमानसँग सम्बन्धविच्छेद गरेर बस्न अदालतमा मद्दा समेत दिएकी छन् । यद्यपि परिवारको दवावमा शाहीलाई उपचार गर्ने भन्दै माईती नेपालमा राखिएको थियो । शाहीकी एक छोरी समेत छिन् ।
शाहीकी समलिंगी साथी नेपालीले आफ्नो पार्टनरलाई माइती नेपालले कसैसँग भेटघाट गर्न समेत नदिई बन्दीजस्तै व्यवहार गरेर राखेको भन्दै शाहीका तर्फबाट गत मंगलबार अदालतमा रिट दर्ता गरेकी थिइन ।

पुरानो समाचार

रजनीलाई उपस्थित गराउन सर्वोच्चको आदेश

-टेकराज थामी

काठमाडौं, १६ कात्तिक । महिला आयोगको सिफारिसमा माइती नेपालमा राखिएकी काभ्रे ढुंखर्ककी रजनी शाहीलाई १९ कात्तिकमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । रजनीका समलिंगी ‘पार्टनर’ प्रेमकुमारी नेपालीले महिला आयोग र माइती नेपाललाई विपक्षी बनाई दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफसहित शाहीलाई उपस्थित गराउन आदेश दिएको हो ।

आयोगको नेतृत्वमा २२ भदौमा शाहीलाई काउन्सिलिङका लागि भन्दै धुलिखेलस्थित ‘सेल्टर होम’ लगिएको थियो । चार दिनसम्म सेल्टरमा राखिएपछि शाहीलाई माइती नेपाल ल्याएर राखिएको थियो । नेपालीले मंगलबार हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गिरिश्चन्द्र लालको एकल इजलासले ‘हाल जे–जस्तो अवस्थामा छन्, त्यही अवस्थामा उपस्थित गराउन’ आदेश गरेको हो ।
नेपालीका अनुसार आयोगले ४५ दिनभित्र शाहीले समलिंगीको व्यवहार देखाए दुवैजनालाई सागै बस्न दिने, नभए परिवारको जिम्मा लगाउने निर्णय गरी सेल्टर पठाएको थियो । नेपालीले भनिन्, ‘माइती नेपालमा पुगेकी शाहीले पााच दिनभित्रै आफू समलिंगी भएको बताए पनि त्यसको सुनुवाइ भएन । आज दुई महिना बितिसकेको छ तर मेरो पार्टनरलाई न मसाग भेट्न दिइएको छ न त उसको अवस्थाबारे जानकारी दिइएको छ ।’
नेपालीका अनुसार सुरुबाटै आयोग उनीहरू दुईबीचको सम्बन्धविरुद्ध उभिएको थियो । उनले भनिन्, ‘छलफलका लागि दुवैजनालाई बोलाए पनि हामी दुई के चाहन्छौँ, त्यसबारे कहिल्यै ध्यान दिइएन । उसको परिवार के चाहन्छ भन्नेतिर मात्रै आयोग लाग्यो । अहिलेसम्म मलाई भेट्न नदिनु र उनलाई बेपत्ता पार्नुको कारण मैले बुझ्न सकेको छैन ।’
शाही र नेपालीबीच करिब तीन वर्षदेखि प्रेम र डेढ वर्षदेखि नियमित शारीरिक सम्बन्ध रहादै आएको थियो । सम्बन्धबारे थाहा पाएपछि परिवारले शाहीलाई घरमै बन्धक बनाइराखेका थिए । ३० वर्षीया शाहीका श्रीमान्सहित १० वर्षकी छोरी छन् ।
परिवार तथा माइती पक्षबाट नेपालीसागको सम्बन्ध टुटाउन शाहीलाई दैनिक मानसिक तथा शारीरिक यतना भएपछि उनी मानवअधिकारवादी संस्था ओरेक हुादै ‘लेस्बियन’हरूको अधिकारवादी संस्था मितिनी नेपालसम्म पुगेकी थिइन् । १५ दिनसम्म मितिनी नेपालको संरक्षणमा रहेकी शाहीलाई परिवारको दबाबपछि महिला आयोगमा जिम्मा लगाइएको थियो ।
मानसिक सन्तुलन बिग्रिएको भन्दै काउन्सिलिङका लागि तिलगंगास्थित टंकबहादुर आरोग्य केन्द्रसमेत पुर्‍याएकी शाहीलाई उपचारकै लागि भनी उपत्यकाबाहिरका जिल्लामा समेत लगिएको थियो । यसअघि उनले श्रीमान्साग डिभोर्सको मुद्दा हालेकी थिइन् ।
महिला आयोगकी अध्यक्ष शेषचाँद ताराकुमारीले रजनीको सुरक्षाका लागि धुलिखेलस्थित सेल्टरमा पठाइएको र त्यहाँ पनि गाह्रो भएपछि माइती नेपालको संरक्षणमा पठाएको बताइन् । लोकतन्त्रमा मुद्दा हाल्ने अधिकार सबैलाई भएको भन्दै उनले यसमा प्रतिक्रिया जनाइनन् । उनले सौर्यसँग भनिन्, ‘हामीलाई परिवारका सदस्यको चर्को दबाब थियो । रजनी पहिले मितिनी नेपालको संरक्षणमा थिइन् । उनीहरू हामीमाथि हातपातै गर्ने उद्देश्यले आएका थिए । दबाबपछि आयोगमा हामीले रजनी र प्रेमकुमारीलाई सार्वजनिक गर्‍याँै । रजनीको परिवार कुनै पनि हालतमा प्रेमकुमारीको जिम्मामा रजनीलाई छाड्न चाहँदैनथ्यो । मानिसको ठूलो भिड थियो । परिवारका सदस्यसँग रजनी जान मानिरहेकी थिइनन् । त्यहाँ दुर्घटना हुने सम्भावना थियो । त्यसैले हामीले रजनीको सुरक्षाका लागि धुलिखेलस्थित सेल्टरमा पठायाँै । त्यहाँ पनि स्थिति राम्रो नभएपछि माइती नेपालको संरक्षणमा पठायाँै । रजनी अहिले माइती नेपालमै छिन् ।’
यस्तै, माइती नेपालका मिडिया कोअर्डिनेटर अच्युत नेपालले यस्तो घटनामा बन्दीप्रत्यक्षीकरणको मुद्दा हाल्न मिल्ने/नमिल्ने अध्ययनकै विषय भएको बताए । ‘रजनी हामीसँग सेल्टरमा बसेकी हुन् । जेलमा होइन । अर्को कुरा, उनको सन्तान छ । त्यसलाई समलिंगी भन्न मिल्ने कि नमिल्ने खोजीकै विषय हो । अहिले पनि उनलाई हामी काउन्सिलिङ गरिरहेका छौँ, ब्रेन–वास गरिरहेका छौँ ।’

प्रतिक्रिया