काठमाडौं : नेकपा–माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सानोठिमीस्थित प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
क्रान्तिकारीले विभिन्न माग राख्दै आइतबार दिउँसो २ बजे परिषद्का उपाध्यक्ष डा. गोपाल खनाल, सदस्य–सचिव जयबहादुर टण्डन र स्तर निर्धारण महाशाखाका निर्देशक विष्णु कोइरालाको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । प्रमाणपत्र तह नर्सिङको शुल्क बढी लिइरहेकाले तत्काल रोक्नुपर्ने, प्रवेश परीक्षा व्यवस्थित बनाउन कार्यदल गठन गर्नुपर्नेलगायत माग राखी तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य कमल न्यौपानेले बताए । उच्चस्तरीय शुल्क निर्धारण समितिले नर्सिङमा तीन लाख ९६ हजार शुल्क तोके पनि कलेजहरूले ६ लाख रुपियाँसम्म असुलिरहेको न्यौपानेले बताए । (सौस)
प्रतिक्रिया