काठमाडौं, १९ कात्तिक । राष्ट्रपति डा.रामवरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा सरकारले ल्याउने तयारी गरेको पूर्ण बजेटलगायतका विषयमा परामर्श भएको हो । भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष दाहालले बजेट र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताए ।
भेटमा सहमतिका लागि दलहरु बीच भएका सम्वाद र छलफलहरुका बारेमा समेत परामर्श भएको थियो । राष्ट्रपति डा.यादवलाई सकृय हुन लागेको आरोप लागिरहेका समयमा एमाओवादी अध्यक्ष दाहालले पुनः भेट गरेका हुन् ।
प्रतिक्रिया