वीरगञ्ज, १९ कात्तिक । बाराबाट एक महिना अघि अपहरणमा परेका स्थानीय भीमलाल श्रेष्ठ र इन्द्र चौलागाईंको खोजी कार्यमा प्रहरी/प्रशासन उदासिन भएको आरोपमा स्थानीयले आज निजगढमा प्रदर्शन गरेका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित शहीद चौकमा उनीहरुले प्रदर्शन गरेका हुन् । आधा घण्टा भएको प्रदर्शनका कारण यात्रुले केही समय सास्ती बेहोर्नु परेको थियो ।
अपहरित दुबैको उद्धार नगरिए कडा आन्दोलन गर्ने चेतावनी स्थानीयको छ ।
बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समितिका सदस्य समेत रहेका चुरे भावर एकता पार्टीका बारा अध्यक्ष श्रेष्ठ र सामुदायिक वनका हेरालु चौलागाईंलाई असोज–२५ गते वन गस्तीमा रहेका समयमा अज्ञात समूहले अपहरण गरेको थियो ।
प्रतिक्रिया