एक दिन घुम्न जानेलाई चीन प्रवेशमा रोक

सिन्धुपाल्चोक, १९ कात्तिक । एक दिनका लागि चीन घुम्न जानेहरुका लागि आज देखि सिन्धुपाल्चोकको तातोपानी प्रवेशमा रोक लगाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेसन शुरु हुन लागेकाले आजदेखि मंसिर–१० गते सम्म एक दिन घुम्न जानेहरुका लागि प्रवेशमा रोक लगाएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान गएर बेलुकी फर्कनेहरुका लगि मात्र प्रवेशमा रोक लगाईएको हो । भिसा भएका तथा व्यापारीहरुका लागि भने आवत–जावत खुला रहेको प्रहरी नायव उपरीक्षक प्रताप गुरुङले जानकारी दिए ।
उनाका अनुसार मंसिर–११ गते देखि भने एक दिनका लागि खासा बजार र लिपिङ जानेहरुका लागि नाका खुल्ला हुने छ ।

प्रतिक्रिया