बैतडी, १८ कात्तिक । शुक्रबार साँझ घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेर लगेका बालक मृत अवस्थामा फेला परेका छन् ।
आम्चौरा–८ का चार बर्षीय महेश चन्दलाई चितुवाले झम्टेर लगेपछि उनको शव एक किलोमिटर टाढा जङ्गलमा फेला परेको प्रहरीले बताएको छ ।
चितुवाको आक्रमणलगत्तै स्थानीय बासिन्दा र कुस्मौदघाट प्रहरी चौकीबाट खटिएको टोलीले बालकको शव चितुवाले आधा खाएको विभत्स अवस्थामा फेला परेको प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए ।
बैतडीको तल्लोस्वराडमा पर्ने आम्चौरा, कुलाउ, पञ्चेश्वर, विशालपुर र गिरेगडामा चितुवाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसैबीच, हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा अम्बरबहादुर थापाको मृत्यु भएको छ ।
माडी गर्दी–१ का ६८ वर्षीय थापालाई शुक्रबार राति घरको ढोकैमा हात्तीले आक्रमण गरेको थियो । तस्विर गुगल
प्रतिक्रिया