पूर्व प्रधानमन्त्रीहरुलाई खानाखाने निम्तो

काठमाडौं, १७ कात्तिक । राष्ट्रय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आज पूर्व प्रधानमन्त्रीहरुलाई बेलुककाको खाना खानका लागि बोलाएका छन् ।
थापा निवास मालिगाउँमा हुने बेलुकाको खाना कार्यक्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने अध्यक्ष थापाका सहयोगी एवं राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
बेलुकाको खानका लागि अध्यक्ष थापाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाललाई बोलाएका छन् । खाना खान पूर्व प्रधानमन्त्रीहरु बेलुका सात बजे थापा निवास मालिगाउँ जाने छन् ।
पूर्व प्रधानमन्त्रीहरुलाई बेलुकाको खाना खुवाउने तथा राजनीतिक परामर्श गर्ने परम्पराको थालनी पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधुवकुमार नेपालले चलाएका हुन् । पूर्व प्रधानमन्त्री देउवाले पनि बेलुकाको खाना खुवाई सकेका छन् । अब छिट्टै पूर्व प्रधानमन्त्री दाहालले सो कार्यक्रम राख्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया