काठमाडौं : प्रहरी सेवालाई सहज, पारदर्शी र जवाफदेहीपूर्ण बनाउन १४बुादे नीति अख्तियार गर्दै एक वर्षीय कार्ययोजना सार्वजनिक गरिएको छ । प्रधान कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको कार्ययोजनामा प्रहरीको आचरण, व्यवहार र व्यावसायिक सुधारलाई प्राथमिकतामा राखिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विनोद सिंहले सार्वजनिक गरेको कार्ययोजनाअन्तर्गत संगठनका प्रशासनिक निर्णयलाई पारदर्शी बनाउने, संगठनभित्रका गुनासा व्यवस्थापन, सुनुवाइ मात्र नभई तल्लो तहका प्रहरी कर्मचारीको महानिरीक्षकसाग सोझो पहँुच स्थापित गर्ने, सूचनामा आधारित प्रविधियुक्त प्रहरी कार्य, अनुसन्धान र नियन्त्रणमा केन्द्रित गर्ने रहेका छन् । यसैगरी, शान्ति सुव्यवस्थाका लागि नागरिक प्रहरी सहकार्य अभिवृद्धि गर्ने र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सुधार गर्ने, मानवअधिकार संरक्षण एवं सम्वद्र्धनमा प्रहरीको भूमिका थप प्रभावकारी बनाउने, प्रहरी संगठनको संस्थागत विकास तथा कानुनी व्यवस्थामा सुधार गर्ने रहेको छ ।
सूचनामा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकतामा राखिएको प्रहरीको यस कार्ययोजनाअन्तर्गत सूचना संकलन कार्यलाई प्रविधियुक्त गर्न यही आर्थिक वर्षमा बजेट निकासा गर्ने उल्लेख छ । यस्तै, ‘क्रिमिनल रेकर्ड सिस्टम (सिआरआई) लाई उच्चतम प्रयोग गर्ने, सिआरआईलाई क्षेत्रीय तहसम्म लैजाने, प्रहरीको सम्पर्कमा आउने शंकास्पद व्यक्तिको रेकर्ड परीक्षण गर्ने, मुलुकको मुख्य सहरमा सिसिटिभी जडान गरी अपराध अनुसन्धानलाई प्रभावकारी तुल्याउने भनिएको छ ।
योजना कार्यान्वयनपश्चात् प्रहरीमा नागरिक सेवाभावको विकास हुने ट्राफिक व्यवस्थापन र दुर्घटनामा न्यूनीकरण हुने दाबी गरिएको छ । योजना सफल भएमा मानवअधिकारको संरक्षण, कार्यदक्षतामा अभिवृद्धि, संगठनको संस्थागत विकास, सीमित स्रोत–साधन अधिकतम उपयोग हुने भनिएको छ ।
पत्रकार सम्मेलनमा प्रधान कार्यालयले अनुगमनका लागि विभिन्न कार्यालयमा पठाएको अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा दोषी देखिएका ५९ जना प्रहरी कर्मचारीउपर विभागीय कारबाही सुरु गरिएको पनि जानकारी दिइयो । कारबाहीमा पर्ने कनिष्ठदेखि वरिष्ठ प्रहरी अधिकृत रहेको भनिए पनि उनीहरूको संख्या र परिचय भने सार्वजनिक गरिएन । स्रोतका अनुसार कारबाहीमा पर्ने अधिकांश सिपाही तथा हवल्दार छन् । कारबाहीमा परेका माथिल्लो तहका प्रहरी अधिकृतमा डिएसपीसम्म रहेको स्रोतका भनाइ छ । स्रोतले भन्यो, ‘१२ जनाभन्दा धेरै प्रहरी निरीक्षक कारबाहीमा परेका छन्, कारबाहीमा पर्ने जुनियर प्रहरी अधिकृतको संख्या पनि निकै छ ।’ कारबाहीमा पर्नेमध्ये धेरैजसो सीमा र राजमार्ग क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीको संख्या धरै रहेको स्रोतले जनकारी दियो । (सौस)
प्रतिक्रिया