काठमाडौं, १६ कात्तिक । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान तथा परिचरहरूले आफ्ना गुनासा सोझै महानिरीक्षकसँग राख्ने मौका पाउने भएका छन् ।
प्रत्येक महिनाको अन्तिम शनिबार प्रहरी जवान तथा परिचरहरूले सोझै प्रहरी महानिरीक्षक कुबेरसिंह रानासँग आफ्ना पीरमर्का तथा गुनासा राख्ने व्यवस्था मिलाइएको छ ।
महानिरीक्षकसँगको कुराकानीका लागि ९८५१२९०००१ नम्बरको टेलिफोनको व्यवस्था मिलाइएको नेपाल प्रहरीले आज मुख्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रहरी जवानदेखि अधिकृत सबैले आफ्ना सेवाग्राहीलाई हँसिलो मुखले सेवा दिनुपर्नेसहितको एकवर्षे कार्ययोजना पनि सार्वजनिक गरिएको थियो । चौध बुँदे सो कार्ययोजनामा सहज, पारदर्शी जवाफदेही प्रहरीसेवाको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
यसैबीच, प्रहरीको नयाँ प्रवक्ताका रूपमा प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले आजदेखि जिम्मेवारी सम्हालेका छन् ।
प्रतिक्रिया