फरार अभियुक्त पक्राउ

राजविराज : लोडसेडिङको मौका छोपेर ७ कात्तिकमा जिल्ला वन कार्यालय उदयपुरको हिरासतबाट फरार दुई थुनुवा सोमबार साँझ प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरूलाई त्रियुगा नगरपालिका–४ असारी र भातीखर्कनजिकको जंगलबाट पक्राउ गरिएको हो ।

त्रियुगाका सुकदेव चौधरी र जोगीदहका दीपक अधिकारी छन् । जमदार लेखबहादुर मगरको नेतृत्वमा गएको टोलीले फरार थुनुवालाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ । स्थानीयको सुराकीका आधारमा फरार थुनुवालाई पक्राउ गरिएको जमदार मगरले बताए । (सौस)

प्रतिक्रिया