दसैँ बिदामा २० करोड राजस्व घाटा

सिन्धुपाल्चोक, १३ कात्तिक । नेपाल–चीन व्यापारको एकमात्र व्यापारिक नाका तातोपानी भन्सार कार्यालयले दसैँ विदामा २० करोड राजस्व घाटा ब्यहोरेको छ ।
दस दिनको दसैँ बिदाका क्रममा आयात निर्यात ब्यापार ठप्प भएपछि २० करोड राजस्व घाटा ब्यहोर्नुपरेको भन्सार प्रमुख निर्मलहरि अधिकारीले जानकारी दिए ।
भन्सार कार्यालयमा दैनिक २ करोड राजस्व संकलन हुँदै आएको छ । ५ हजार माथिका अधिकांश सामानको बैकिङ कागजात आवश्यक पर्ने र सीमाका सबै बैंकहरु बन्द भएकाले राजस्व संकलनमा गिरावट आएको भन्सार अधिकारीले बताए ।
यो सँगै कात्तिक महिनामा राखिएको राजस्व संलकनको लक्ष्य पूरा गर्न कार्यालयलाई निकै गाह्रो हुने उनले बताए ।
भन्सार कार्यालयले कात्तिक महिनामा ३९ करोडको लक्ष्य राखे पनि अहिलेसम्म ७ करोड रुपियाँ मात्रै राजस्व संकलन गरेको अधिकारीको भनाई छ । (तस्विर गुगल)

प्रतिक्रिया