चितवन, १२ कात्तिक । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले राजनीतिक निकासका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगरे संयुक्त आन्दोलनबाट सत्ताच्यूत गर्ने चेतावनी दिएका छन् ।
चितवनमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले दलहरुबीच कार्यगत एकता गरेरै सरकार विरुद्धको आन्दोलन चर्काउने बताए । ‘संयुक्त आन्दोलन गर्न सैद्धन्तिक सहमति भएको छ,’ उनले भने, ‘सहमतिको बाधक बन्ने बर्तमान सरकारलाई आन्दोदलन बाटै हटाउँछौं ।’
सत्ता कब्जाको तयारीमा एमाओवादी रहेको आरोप लगाएका उनले भने, ‘वर्तमान सरकारको आयु लम्वाएर कब्जा गर्ने योजनामा एमाओवादी छ ।’
उनले कांग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा नरहेको बताए । ‘अब बस्ने केन्द्रीय कार्यसमितिले नयाँ निर्वाचनमा जाने निर्णय गर्छ,’ उनले भने ।
प्रतिक्रिया