ओभरस्पिड ड्राइभिङमा बालाक पक्राउ

म्याड्रिड, ५  कात्तिक । स्पेनको प्रहरीले बेलायती क्लब चेल्सीका मिडफिल्डर तथा जर्मनीका पूर्वकप्तान माइकल बालाकलाई अत्यधिक गतिमा गाडी चलाएको (ओभरस्पिड ड्राइभिङ) आरोपमा पूर्वी जर्मनीको तुजिलो भन्ने ठाउँमा पक्राउ गरेको छ । बालाकले १२० किलोमिटर (७५ एमपिएच) प्रतिघन्टाको अधिकतम गति सीमा रहेको सडकमा २११ किमी प्रतिघन्टा (१३१ एमपिएच)को गतिमा गाडी हाँकिरहेका थिए ।
स्पेनिस प्रहरीका एक अधिकारीले एएफपीसित भने, ‘बालाकलाई अत्यधिक गतिमा गाडी हाँकिरहेको आरोपमा बुधबार राति पक्राउ गरिएको हो ।’
तुजिलोस्थित अदालतका एक अधिकारीले बालाकले बिहीबार एकजना स्थानीय न्यायाधीशसमक्ष उपस्थित भएर आफूविरुद्ध लागेको आरोप गलत रहेको जिकिर गरेको बताएका छन् । अब उनी छिमेकी नगर कासेरेजस्थित अदालतमा उपस्थित हुनुपर्नेछ । आरोप प्रमाणित भएपछि बालाकले नौ हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ भने दुई वर्ष स्पेनमा सवारी साधन चलाउन प्रतिबन्ध लाग्नेछ ।
तर, जानिफकारका अनुसार २११ किमी प्रतिघन्टाको गतिमा गाडी चलाउन बालाकको अधिकतम गति होइन । उनी योभन्दा अझ तेज गतिमा गाडी हाँक्ने गर्छन् ।

प्रतिक्रिया