समलिंगी पूर्वसभासद्को यौनकर्तुत

 

 

काठमाडौं, ४  असोज । पूर्वसभासद् सुनीलबाबु पन्त घोषित समलिंगी हुन् भन्ने सबैलाई थाहा छ । उनले खोलेको संस्था नीलहीरा समाजले समलिंगीको वकालत गर्छ भन्ने पनि धेरैलाई थाहा छ । तर, नीलहीरा समाजभित्र के–कस्ता क्रियाकलाप हुन्छन् भन्ने कमैलाई थाहा होला ।
‘समलिंगीको हकहितका लागि’ क्रियाशील नीलहीरा समाजभित्र समलिंगीमाथि नै यौन दुव्र्यवहार हुने गरेको खुलासा भएको छ । नीलहीरा समाजमै काम गर्ने एक समलिंगीले समाजका अध्यक्ष पन्त स्वयंले केहीअघि एक पुरुष समलिंगीलाई खुलेआम यौन दुव्र्यवहार गरेको बताए । उनका अनुसार ‘काउन्सिलिङ’ का लागि लाजिम्पाटको खुर्सानीटारस्थित कार्यालयमा आएका ती समलिंगीलाई पन्तले कार्यालयभित्रै यौन दुव्र्यवहार गरेका थिए । ती समलिंगी पेसाले सरकारी इन्जिनियर हुन् ।

नाम नखोल्ने सर्तमा ती प्रत्यक्षदर्शीले बताएअनुसार इन्जिनियर पुग्दा पन्त कार्यालयभित्रै थिए । इन्जिनियरलाई उनले आºनै कार्यकक्षमा बोलाए । ढोकामा चुकुल मारे र आफँैले उनको पाइन्ट जबर्जस्ती खोली मुखमैथुन गरे । पीडितलाई उद्वृत गर्दै उनले भने, ‘कोठाभित्र छिरेर सोफामा बस्न मात्रै के खोजेको थिएँ, पन्तले हुत्तिँदै आएर एक्कासि मेरो पाइन्ट खोली जबर्जस्ती अनैतिक कार्य पो गर्न लागे ।’ पन्तको त्यो हर्कतपछि इन्जिनियर आत्तिँदै भागेका थिए ।
स्रोतका अनुसार यस्ता हर्कतमा पन्त मात्र नभई समाजका अन्य कर्मचारीसमेत संलग्न छन् । स्रोतले भन्यो, ‘हामीले यौनिक समस्या भएकाहरू समलिंगीलाई समाजमा लान्छौँ, कर्मचारीले काउन्सिलिङ गर्छन् । यसबीचमा कोही आकर्षक पुरुष समलिंगी वा महिला आयो भने उसलाई पहिलो चरणमै यौनसम्पर्कका लागि दबाब दिइन्छ ।’ आकर्षक लाग्ने महिला वा पुरुष समलिंगीलाई समाजका कर्मचारीले ‘काउन्सिलिङ’ गर्न छाडेर उनीहरूको शरीर छुने, यौनांग चलाउने, उत्तेजना हुने खालका हाउभाउ देखाउने गर्छन् । यस्तो समस्याबाट पीडित हुनेको संख्या ठूलो रहेको स्रोतको दाबी छ ।
यौन दुव्र्यव्यवहारपछि आफूलाई जागिरबाट निकालिदिएको भनेको भन्दै रामेछाप कठजोर–५ की २७ वर्षीय पुनम रोक्काले त पन्तविरुद्ध काठमाडांै जिल्ला आदालतमा मुद्दा नै हालेकी छन् । रोक्काले डिभाअन्तर्गतको पिएसआई कार्यालयमा कार्यरत भक्ति शाहले आफूलाई यौन दुव्र्यवहार गरेको बताएकी छन् । उनले सौर्यसँग भनिन्, ‘शाहले कार्यालयभित्रै अनेक हाउभाउ देखाउँथिन् । ट्वाइलेट जाँदासमेत ढोका खोल्न लगाउँथिन् । जबर्जस्ती शरीर छुने, चलाउनेजस्ता काम गर्थिन् । हुँदा–हुँदा एक दिन त सार्वजनिकस्थलमै ममाथि यौन दुव्र्यवहार भयो ।’ पिएसआई समाज मातहतको कार्यालय हो ।
शाहले कार्यालयस्थलमै पटक–पटक यौन दुव्र्यवहार गरेपछि रोक्का समाजको मानवअधिकार विभागमा कार्यरत भूमिका श्रेष्ठलाई गुहार्न पुगेकी थिइन् । भूमिकाले उल्टै शाहको पक्षमा वकालत गरेपछि दुई पक्षबीच हात हालाहाल नै मच्चियो । घटना प्रहरीसम्म पुगेपछि पन्तले रोक्कालाई कार्यालयमा बोलाएर उल्टै स्पष्टीकरण लिएका थिए । उनले ‘सेक्स भनेको सामान्य हो, यसलाई ठूलो विषय बनाइनुहुन्न’ भन्दै रोक्कालाई हप्काएका थिए । पन्तले शाहसँग सेक्स गर्न दबाब नै दिएको रोक्काको दाबी छ । ‘यसको कडा प्रतिवाद गरेपछि मलाई जागिरबाटै निकालिदिनुभयो,’ रोक्काले भनिन्, ‘म न्याय माग्ने उद्देश्यले उहाँकहाँ पुगेको थिएँ तर उहाँले त पीडककै बचाउ गर्नुभयो ।’
रोक्काले आफूलाई सम्झौताविपरीत जागिरबाट निकालिएको बताएकी छन् । पिएसआईमा दुई वर्षसम्म काम गर्ने उनको सम्झौता थियो । तर, पन्तले रोक्कालाई एक वर्षअघि नै कार्यालयबाट निकालिदिए । रोक्काले भनिन्, ‘ममाथि भएको यौन दुव्र्यवहारको विरोध गरेकै कारण जागिरबाट निकालियो, मैले अदालतमा मुद्दा हालेकी छु । मलाई अहिले पैसा र जागिरका लागि मुद्दा हालेको भन्दै छन् तर मेरो उद्देश्य त्यस्तो होइन । म चाहन्छु, ममाथि यौन दुव्र्यव्यवहार गर्ने शाह र त्यसमा सघाउने पन्तमाथि कारबाही होस् ।’
यता, पूर्वसभासद् पन्तले भने आफूमाथि लागेका आरोप सत्य नभएको दाबी गरेका छन् । केही मानिस आफूविरुद्ध लागेको भन्दै उनले इन्जिनियरमाथि आफूले दुव्र्यवहार गरेको याद नभएको बताए । रोक्काले आफूविरुद्ध उजुरी दिएको भए पनि त्यो अहिलेसम्म अप्रमाणित रहेको र मुद्दा अदालतमा विचाराधीन रहेको उनी बताउँछन् ।

प्रतिक्रिया