सिराहामा दिनेश र सुशील वेपत्ता

सिराहा, ३ कात्तिक । सिराहा जिल्लाको ईनरवा गाविसबाट कुखुरा फर्ममा बसेका दुई व्यक्ति अचानक वेपत्ता भए पछि प्रहरी र आफन्तले खोजी कार्य शुरु गरेका छन् ।
बिहीबार राति ईनरवा–२ बस्ने २० बर्षीय दिनेश महतो र सप्तरी जिल्ला राजविराज–६ घर भएका ३२ बर्षीय सुशील महतो कुखुरा फर्मबाट बेपत्ता भएका हुन् । रातिको खाना खाएर सुतेका दुवैजना सुतेको ठाँउमा नभेटिए पछि खोजतला शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरु सुतेको स्थान नजिकै रहेको धान खेतमा रगत, चप्पल १ थान र सेतो रंगको रगत लागेको गञ्जी फेला पारेको छ । प्रहरीले उनीहरुको हत्या भएको हुनसक्ने प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया