दुर्घटनामा दुईको मृत्यु/२३ यात्रु घाईते

मकवानपुर, ३ कात्तिक । मकवानपुर जिल्लास्थित मनहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २३ यात्रु घाईते भएका छन् ।
काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ९० नम्वरको बस र विपरीत दिशाबाट आइरहेको ना.४ ख १२३३ नम्वरको ट्रक आज विहान साढे एक बजे मनहरी–७, जयसिंहस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक आपसमा ठक्किएका हुन् । तिव्रगतिमा रहेका सवारी साधन नियन्त्रण हुन नसके पछि दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
दुर्घटनामा बसका यात्रु सुनसरी जिल्ला ईनरुवा–८ बस्ने बसन्त मेहता र संखुवासभा जिल्ला खाँदवारी बस्ने किशोर कट्टेलको घटनास्थलमै मृत्यु भएको हो ।
बस चालक सहित २३ जना घाइतेलाई उपचारका लागि चितवनको भरतपुरस्थित मेडिकल कलेजमा लगिएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया