मोटरसाइकल ठक्करबाट घाइते

दाङ, ३ कात्तिक । मोटर साईकलको ठक्करवाट शुक्रवार दाङमा एक जना घाईते भएका छन् ।
घोराहीको तुल्सीपुर चोक देखि ट्राफिक चोक तर्फ जाँदै गरेको रा १ प ५१८१ नम्वरको मोटर साईकलले ठक्कर दिँदा घोराही–११ निवासी ५६ वर्षीय खलिल रजगेर घाइते भएका हुन् ।
घाईतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भीक उपचार पछि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । सौर्य

प्रतिक्रिया