काठमाडौं, २ कात्तिक । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले एमाओवादी अध्यक्ष प्रचण्डको पुनःस्थापना प्रस्ताव दाउँपेचपूर्ण, निहीत उद्देश्यबाट प्रेरित र अविश्वसनीय रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले संविधानसभा पुनःस्थापना गरे पनि नयाँ संविधान बन्न नसक्ने बताए । उनले भने, ‘सरकारको बर्हिगमन, नयाँ निर्वाचनको मिति घोषणा, निर्वाचनका लागि संवैधानिक व्यवस्था, विघटित संविधानसभाले प्राप्त गरेका उपलब्धीको संरक्षण र ३ सय ७६ जनाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउँछ ।’क
नेकपा (माले)का महासचिव सिपी मैनालीले साढे चार वर्ष सम्म सहमति हुन नसकेका विषयमा तत्काल सहमति हुने कुनै सम्भावना नरहेको बताए । उनले नयाँ निर्वानमा जानुपर्ने बताए ।
प्रतिक्रिया