पुनःस्थापना निर्वाचन हुन नदिने खेल

काठमाडौं, २ कात्तिक । सिंचाई मन्त्री समेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संविधानसभा पुनःस्थापनाको कुनै औचित्य नरहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले निर्वाचन नै गतिरोध अन्त्यको निकास रहेको बताए । ‘निर्वाचन सुनिश्चि गर्ने गरी सहमति गरे मधेसी मोर्चा सरकार परिवर्तनको पक्षमा उभिन्छ,’ उनले भने ।
उनले संविधानसभा पुनःस्थापनाको प्रस्ताव निर्वाचन हुन नदिने षडयन्त्रका रुपिमा मधेसी मोर्चाले लिएको बताए ।
सरकार लिन कांग्रेस नेतृत्व असफल भईसकेको भन्दै उनले नयाँ सरकारका लागि मधेसी मोर्चासहितका साना दलको पनि दावी रहने बताए । तमलोपा–नेपाल मधेसी मोर्चाको सदस्य पनि हो ।

प्रतिक्रिया