हेटौंडा, २ कात्तिक । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले बाबुराम भट्टराईको नेतृत्वको सरकार अपदस्त नभए सम्म देशले निकास नपाउने बताएका छन् ।
उनले भट्टराईकै कारण मुलुकको राष्ट्रियता थला परेको दाबी गरे । हेटौंडामा आज क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रियताको मुद्दा पेचिलो बनेर गएको बताए ।
उनले भने, ‘भारतीयको इशारामा चल्ने भट्टराई नेतृत्वको सरकार अपदस्त नभए सम्म देशले निकास पाउँदैन ।’
‘कांगे्रस÷एमालेले भारतसँग नगरेका अनेकौ सन्धी–सम्झौता भट्टराई सरकारले गरेको छ,’ उनले भने, ‘राष्ट्रघाती सरकार रहे सम्म कुनै निकास आउने देखिदैन ।’ उनले विप्पा सम्झौता, विमानस्थलको व्यवस्थापन भारतीयलाई दिनेलगायतका काम गरेर सरकार नाङगिएको उल्लेख गरे ।
उनले मुलुकको समस्या समाधान संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन भन्दा पनि सरकार अपदस्त गर्नु पहिलो प्राथमिकतामा रहनु पर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री भट्टराईले नै देशलाई संकटमा पारेका हुन्, हटाउन एकजुट हुनुपर्छ ।’
प्रतिक्रिया