‘संस्कार बसाउन राजीनामा’

काठमाडौं : आफ्नो टोलीले खराब प्रदर्शन गरेको र व्यवस्थापनबाट दबाब आएको भन्दै राजुकाजी शाक्यले न्युरोड टिम (एनआरटी) बाट प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । ‘मैले नतिजा दिन सकिन,’ शाक्यले भने, ‘व्यावसायिक फुटबलमा नतिजा दिन नसकेपछि त्यसको नैतिक जिम्मेवारी प्रशिक्षकले लिनुपर्छ । यस्तो संस्कारको विकास होस् भनेर पनि मैले राजीनामा दिने निर्णय गरेको हुँ ।’
धनी ‘ए’ डिभिजन क्लबका रूपमा परिचित एनआरटीमा एक दशकभन्दा बढी समय प्रशिक्षक भएर बिताएका शाक्य भरखरै सम्पन्न एनसेलकपमा एनआरटीले कमजोर प्रदर्शन गरेपछि दबाबमा आएका थिए । ‘यत्रो लगानी गर्दा पनि राजुले नतिजा दिन सकेन भनेर व्यवस्थापनबाट आलोचना भएछ । हुन पनि त्यस्तै हो । प्रशिक्षकले सिकाएअनुसार खेलाडीले खेल्न नसकेपछि के गर्नु ?’ ५२ वर्षीय शाक्यले भने । टोलीकै खराब प्रदर्शनका कारण केही समयअघि एनसेलकपकै क्रममा प्रशिक्षक मेघराज केसीले थ्री–स्टार क्लबको प्रशिक्षक पद छाडेका थिए । (सौस)

प्रतिक्रिया