जीप दुर्घटनामा एकको मृत्यु/आठ घाइते

कैलाली, १ कात्तिक । बझाङ जिल्लाको बाझ–३, आगेथरमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा बाझ–३ का रमेश बोहरा छन् । बागथलाबाट बिजगडा तर्फ गइरहेको ना १ ज ३२६० नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा सहचालक सहित आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यात्रु र सामानले भरिभराउँ जीपको ब्रेकफेल भएर सडकबाट एक सय मिटर तल खेतमा खसेको प्रत्यक्षदर्शी हिक्मत बिकले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते हुनेमा बाझ– ६ का दीपक भण्डारी, कमल बोहरा, बाझ–५ का योगेन्द्र धामी, बाझ–३ का मीन ठकुन्ना, बाझ–१ का गोबिन्द भण्डारी, खिरातडी–८ का शंकर बोहरा, खिरातडी–८ का अम्मरराज जोशी र जीपका सह–चालक नवराज नेपाली रहेका छन् ।
घाइते आठ जनालाई आजै थप उपचारका लागि टिम अस्पताल डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख उदय तामाङले बताए ।

प्रतिक्रिया